यस्ता छन् मन्त्रिपरिषद्का ११ निर्णय (सूचीसहित)

सफल खबर संवाददाता

विहीबार, १३ कार्तिक २०८२, १७ : ०३
यस्ता छन् मन्त्रिपरिषद्का ११ निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णय सार्वजनिक गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारमा बुधबार दिउँसो बसेको बैठकले गरेका ११ वटा निर्णय बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएका हुन् ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलका अनुसार बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृत गरेको छ ।

निर्णय अनुसार कतारको दोहामा आयोजना हुने सेकेण्ड वल्र्ड समिट फर सोसियल डेभलपमेन्ट बिषयक कार्यक्रममा यहिँ कात्तिक १७ देखि २० गतेसम्म सहभागि हुन राष्ट्रपति पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको औपचारिक भ्रमण स्वीकृत गरेको छ ।

यस्तै नेपाली सेनाका एक प्रमुख सेनानीलाई महासेनानीमा र एक सहायक रथीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिए ।