जारी: २ को ट्रेलर सार्वजनिक

सफल खबर संवाददाता

मंगलबार, ११ कार्तिक २०८२, ११ : ४४
जारी: २ को ट्रेलर सार्वजनिक

काठमाडौं । कार्तिक २१ गते रिलिज हुने सिनेमा ‘जारी: २ सङ अफ च्याब्रुङ’को ट्रेलर सार्वजनिक भएको छ।

सार्वजनिक ट्रेलरमा दयाहाङ राईलाई च्याब्रुङ बाधकको रूपमा प्रस्तुत गरिएको छ । जारी:२ ले छोरीको जाय जन्मपछि फेरि यी दुईजनाबीच आउने फाटोलाई फिल्मको कथा बनाएको ट्रेलरबाट बुझ्न सकिन्छ।

दया र मिरुनाका अलावा विजय बरालको वैवाहिक सेरोफेरोको कथाले पनि दर्शकलाई यो सिनेमा हेर्न प्रेरित गर्नेछ। ट्रेलरमा उनको पाटोले सिनेमामा डार्क ह्युमर देखिन्छ ।

तीन मिनेट ५२ सेकेन्ड लामो ट्रेलरले यो सिक्वेल अझ रोमाञ्चक र कौतुहलतापूर्ण रहेको देखाएको छ। यस हिसाबले यो फिल्म दर्शकका लागि सुरुचिपूर्ण हुने अनुमान गर्न सकिन्छ।

उपेन्द्र सुब्बा लिखित तथा निर्देशित फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्। फिल्ममा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ।

फिल्ममा दया, मिरुना तथा विजयका अलावा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस