प्रधानमन्त्रीलाई काठमाडौंका मेयर बालेनले दिए तीन मुद्दामा दवाव

सफल खबर संवाददाता

मंगलबार, ११ कार्तिक २०८२, ०८ : ४१
प्रधानमन्त्रीलाई काठमाडौंका मेयर बालेनले दिए तीन मुद्दामा दवाव

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले दवाव बढाउन थालेका छन् । 

सरकार निर्माणमा पर्दा पछाडी बसेर निर्णायक भूमिका खेलेका बालेनले प्रधानमन्त्री कार्कीलाई प्रत्यक्ष भेटेरै दवाव बढाएका हुन् । बालेन आफैले दुई पटक प्रधानमन्त्री कार्कीलाई प्रत्यक्ष भेटिसकेका छन् । त्यसका अतिरिक्त कतिपय विषयमा आफना पहिलेका कानुनी सल्लाहकार तथा गृहमन्त्री ओमप्रकाश अर्यालमार्फत दवाव बढाईरहेका छन् । 

प्रधानमन्त्रीको नजिकका स्रोतका अनुसार, मेयर बालेनको चिन्ता दबाब भन्दा सुझावको रूपमा बढी आएका हुन् । ‘प्रधानमन्त्री र मेयरबीच बारम्बार संवाद भएको छ, तर ती संवाद दबाब दिनको लागि होइनन्, सुझावका रुपमा मात्र आएका हुन्,’ प्रधानमन्त्री कार्की निकट स्रोतले भन्यो,‘उहाँको चासो जेनजी पुस्ताका आन्दोलनमा दमन गर्नेमाथी सरकारको कारवाही खोई ? भन्नेमा बढी देखिन्छ । त्यो स्वभाविक सुझाव पनि हो ।’

गत भदौं २३ र २४ को जेन जी पुस्ताको आन्दोलनपछि पूर्व प्रधानन्यायाधीस सुशीला कार्कीको नेतृत्वमा अन्तरिम चुनावी सरकार बनेको थियो । तर सरकार गठन भएको ढेड महिना पुग्दा समेत सरकारले गति लिन नसकेको, पहिलेका सरकारजस्तै धिमा गतिमा मात्र अगाडी बढेको भन्दै आलोचना हुन थालेपछि बालेनले प्रधानमन्त्रीमाथी दवाव बढाउन थालेका हुन् । 

उनले केही दिन अगाडी मात्रै पनि प्रधानमन्त्री कार्कीलाई भेटेर सरकारको सुस्त गति, कमजोर कानुनी ब्यवस्था र जेन जी आन्दोलनमा दमन गर्ने तत्कालिन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकमाथी कारवाहीमा सरकार चुकिरहेको भन्दै कार्कीमाथी दवाव बढाएका हुन् ।

उनले जेन जी विद्रोहका बेलाका प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई तत्काल प्रक्राउ गरी कारवाही गर्न गृहमन्त्री र प्रधानमन्त्रीलाई दवाव बढाईरहेका छन् । ओलीले फेरि आन्दोलनको भावनाविरुद्द मुन्टो उठाउन थालेको र कारवाही नगर्दा जनमानसमा अहिलेको सरकारप्रति हेर्ने दृष्टिकोण पनि उस्तै देखिएको भन्दै कारवाहीका लागि दवाव बढाएका हुन् ।

तर प्रधानमन्त्री कार्यालय स्रोतले भने मेयर बालेनले सरकारको काम अझ गतिमा हुनुपर्ने, जेनजी विद्रोहका दोषीलाई कारवाही गर्नुपर्ने विषयमा सुझाव दिएको र त्यसलाई दवाव भन्न नमिल्ने बताएको छ ।

प्रधानमन्त्रीको नजिकका स्रोतका अनुसार, मेयर बालेनको चिन्ता दबाब भन्दा सुझावको रूपमा बढी आएका हुन् । ‘प्रधानमन्त्री र मेयरबीच बारम्बार संवाद भएको छ, तर ती संवाद दबाब दिनको लागि होइनन्, सुझावका रुपमा मात्र आएका हुन्,’ प्रधानमन्त्री कार्की निकट स्रोतले भन्यो,‘उहाँको चासो जेनजी पुस्ताका आन्दोलनमा दमन गर्नेमाथी सरकारको कारवाही खोई ? भन्नेमा बढी देखिन्छ । त्यो स्वभाविक सुझाव पनि हो ।’

कार्की नेतृत्वको सरकारले डेढ महिना पुग्दा सम्म पनि आफ्नो क्याबिनेटलाई नै पूर्णता दिन सकिरहेका छैनन् । मन्त्री नियुक्ति गर्दा पहिला मिडिया ट्रायल गर्ने र त्यस आधारमा क्याबिनेट विस्तार गर्ने गर्दा कार्की नेतृत्वको सरकार आलोचित हुन थालेको छ ।