जेनजी आन्दोलनका शहीद र घाइतेहरूको बलिदान खेर जान दिनु हुँदैन: मन्त्री गौतम

सफल खबर संवाददाता

सोमबार, १० कार्तिक २०८२, १३ : १७
जेनजी आन्दोलनका शहीद र घाइतेहरूको बलिदान खेर जान दिनु हुँदैन: मन्त्री गौतम

काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले जेनजी आन्दोलनका शहीद र घाइतेहरूको बलिदान खेर जान दिन नहुने बताएकी छन् । 

सोमवार बिहान सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँग उनले यस्तो बताएकी हुन्। उनले केएमसी अस्पतालले जेनजी आन्दोलनका क्रममा घाइते भएका ८३ जनाको उपचार गरेको र २ जना मात्रै अहिले उपचाररत रहेको बताइन् । 

उपचाररत घाइतेमध्ये एक जना महिला रहेको र उनीमाथि आन्दोलनका क्रममा पेट्रोल बम प्रहार भएको पाएको बताइन् । अर्को एक घाइते गोली लागेर उपचाररत रहेको जानकारी दिइन् । दुवै घाइतेको अवस्था सुधारोन्मुख रहेको बताइन् । शहीदको बलिदान खेर जान नदिनेतर्फ आफूहरू सचेत रहेको र जेनजीहरुको भ्रष्टाचार हुन नहुने, सुशासन कायम हुनुपर्ने मागलाई बिर्सन नहुने बताइन् । 

 

प्रतिक्रिया दिनुहोस