काठमाडौँ । पत्नी रबीलक्ष्मी चित्रकारको उपचारका लागि भारतमा रहेका पूर्व प्रधानमन्त्री झलनाथ खनाल आज स्वदेश फर्कँदै छन् ।
उपचार जारी रहे पनि खनाल पार्टी बैठकका लागि स्वदेश फर्कन लागेका हुन् । खनाल निकट स्रोतका अनुसार उनी साँझ ६ बजे काठमाडौँ आउँदै छन् ।
नेकपा एकीकृत समाजवादीभित्र मतभेद बढ्दै गएपछि खनाल बैठकमा सहभागी हुन आज काठमाडौँ आउन लागेको नेताहरूले बताएका छन् ।
केही समयअघि दिल्लीबाटै खनालले वक्तव्य जारी गर्दै पार्टी एकता प्रक्रियालाई बेमौसमी बाजा भनेका थिए ।
तर माओवादी केन्द्रसँग एकता प्रक्रिया अगाडि बढेपछि खनाल आफैँ बैठकमा सहभागी हुन काठमाडौँ आउन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० कार्तिक २०८२, १२ : २४
लेखकबाट थप