भैरहवामा थाई एयर एसियाले आजबाट थाल्यो पुनः उडान

सफल खबर संवाददाता

आइतबार, ०९ कार्तिक २०८२, १२ : ४६
भैरहवामा थाई एयर एसियाले आजबाट थाल्यो पुनः उडान

 काठमाण्डौ। थाई एयर एसियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ कात्तिकदेखि पुनः उडान थालेको छ।

थाई एयर एसियाले बैंकक–भैरहवा–बैंकक सातामा आइतबार र बुधबार गरी दुई नियमित उडान गर्ने तालिका स्वीकृत गराएको छ।

अहिले भैरहवामा नियमित उडान गर्ने एक्लो कम्पनी थाई एयर एसिया बनेको छ, नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले नियमित उडान गर्न सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस