काठमाडौं । आज तिहारको मुख्य दिन भाइटीका लगाएर देशभर उल्लासपूर्वक मनाइँदैछ। मौसमविद्हरूका अनुसार आज देशका अधिकांश भागमा मौसम सफा रहनेछ, जसले टीका–भेटघाटका कार्यक्रम सहज बनाउनेछ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जसअनुसार बिहीबार दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहँदै बाँकी भू–भागमा मुख्यतया सफा मौसम रहनेछ। पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा भने हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
आज राति पनि अधिकांश भू–भागमा आंशिकदेखि सफा मौसम रहने पूर्वानुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मात्र हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ कार्तिक २०८२, ०६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?