काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी प्रयासका तुलनामा षड्यन्त्रकारी शक्तिहरू मुखर रूपमा आउँदा भदौ २३ र २४ को घटना हुन पुगेको बताएका छन् ।
ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा सुरु केन्द्रीय कमिटी बैठक सञ्चालन गर्दै महासचिव पोखरेलले संकटको पहिचान गरिएको भए पनि समयमा चिर्न नसक्दा त्यसले पार्टी र देशलाई नै क्षति पुर्याएको बताए ।
‘हाम्रो अघिल्लो केन्द्रीय कमिटी बैठकबाट हामीले जुन-जुन समस्या प्रवृत्तिका रूपमा देखा परेका छन् भनेर निष्कर्ष निकालेका थियौँ, त्यसलाई समयमा चिर्न नसक्दा २३ र २४ भदौको घटना भयो। र, त्यसले हाम्रो पार्टी र देशलाई क्षति पुर्यायो,’ उनले भने।
महासचिव पोखरेलले युवा शक्ति, भूमिहीन सुकुम्वासीहरूमा पार्टीप्रति आकर्षण घटिरहेको छ भन्ने निष्कर्ष अघिल्लो केन्द्रीय कमिटी बैठकमै निकालिएको स्मरण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ असोज २०८२, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरबार जलाउन उक्साउने को हो ? : शंकर पोखरेल
अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक : शंकर पोखरेल
राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल
नेतृत्वका लागि प्रतिस्पर्धा हुनु लोकतन्त्रको असल अभ्यास: शंकर पोखरेल
आज भोट हाल्न आउनेलाई खाजा र खानाको व्यवस्था हुन्छ : शंकर पोखरेल
हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ : शंकर पोखरेल