एजेन्सी । अमेरिकाको टेनेसी राज्यमा रहेको एक सैन्य विस्फोटक पदार्थ बनाउने कारखानामा ठूलो विस्फोट भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार घटनामा १९ जना बेपत्ता भएका छन् र उनीहरूको मृत्यु भएको आशंका गरिएको छ।
हम्फ्रे काउन्टीका सेरिफ क्रिस डेभिसले यो आफ्नो करियरमा देखेको सबैभन्दा भयानक दृश्य भएको बताए।
उनले भने, ‘हाम्रो टोली निरन्तर उद्धारमा संलग्न छ र बेपत्ता परिवारसँग कुरा गरिरहेको छ। यो एकदमै दु:खद र विनाशकारी घटना हो।’
टेनेसीको राजधानी न्याशभिलबाट करिब एक घण्टा दक्षिणमा रहेको बक्सनोर्टमा रहेको प्लान्टमा विस्फोट भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
विस्फोटले कारखाना वरपरका क्षेत्रमा त्रास फैलिएको छ र स्थानीय मिडियाका अनुसार कम्तीमा १९ जना बेपत्ता छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २५ असोज २०८२, ०६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जगदम्बा स्टिल उद्योगमा विस्फोट, कम्तीमा १ मजदुर घाइते
तेलङ्गनामा विस्फोट, ३४ जनाको मृत्यु
बाजुरामा विस्फोट हुँदा एक महिलाको मृत्यु
पाकिस्तानको लाहोरमा लगातार तीनवटा विस्फोट
इजरायलको तेल अभिभमा तीन वटा बसमा विस्फोट
ताइवानको डिपार्टमेन्टल स्टोरमा विस्फोट : एक जनाको मृत्यु, १० जना घाइते