काठमाडौं। माइतीघरमा गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गर्ने क्रममा बिहीबार पक्राउ परेका ‘जेन-जी’ अभियन्ता डा. कमल (निकोलस) भुसाललाई सुधार केन्द्र (रिह्याब सेन्टर) पठाइएको छ।पक्राउपछि गरिएको स्वास्थ्य परीक्षणमा उनले लागूऔषध (गाँजा) सेवन गरेको पुष्टि भएपछि प्रहरीले उनलाई परिवारको जिम्मा लगाउँदै सुधार केन्द्र पठाएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, भुसालको मेडिकल रिपोर्टमा गाँजा सेवन गरेको पाइएको हो। प्रहरीले भुसाललाई उनका दाजुको जिम्मा लगाएर सुधार केन्द्र पठाउने सर्तमा छाडेको हो। जेन-जी आन्दोलनमाथि धोका भएको भन्दै भुसालसहितका केही युवाहरूले बिहीबार जिल्ला प्रशासन कार्यालयको अनुमतिबिना माइतीघरमा प्रदर्शन गरेका थिए। प्रदर्शन गर्न उक्साएको आरोपमा प्रहरीले भुसालसहित त्यस क्षेत्रबाट ४४ जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका अन्य व्यक्तिहरूको आपराधिक रेकर्ड हेरी आवश्यक प्रक्रिया पूरा गरेर परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २३ असोज २०८२, २१ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदन गुरुङले जाँचबुझ आयोगलाई दिए बयान
जाँचबुझ आयोगद्धारा ओली र लेखकलाई पत्र पठाउने तयारी
मिराजको नेतृत्वमा सरकारविरुद्ध आन्दोलन, माइतीघरमा सुरक्षा कडा
भोलि शैक्षिक हड्ताल घोषणा
बारा तनाव : जेनजीका माग ३ दिनभित्र सम्बोधन गर्ने सहमति
कोरिया पठाउन ढिलाइ भएको भन्दै ईपीएस शाखामा आन्दोलन सुरु