काठमाडौँ । भारतमा उत्पादन भएको खोकीको झोल औषधि (कफ सिरप) सेवनबाट बालबालिकाको मृत्यु भएको घटनापछि नेपालले सतर्कता अपनाएको छ ।
औषधि व्यवस्था विभागले औषधिको सुरक्षित र प्रयोगबारे सूचना सार्वजनिक गर्दै आम नागरिक, स्वास्थ्यकर्मी र औषधि व्यवसायीलाई सावधानी अपनाउन आग्रह गरेको हो ।
भारतीय कम्पनी स्रेसन फार्माले उत्पादन गरेको कफ सिरपमा विषाक्त रसायन पाइएको छ । दूषित कफ सिरपको कारणले अगस्टको अन्त्यदेखि मध्य प्रदेश र राजस्थान राज्यमा ९ वर्ष मुनिका १४ बालबालिकाको मृत्यु भएको हो कि भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ असोज २०८२, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिबन्धित औषधी नबेच्न औषधि व्यवस्था विभागको चेतावनी