दसैँको टीकाको शुभसाइत बिहान ११ बजेर ५३ मिनेटमा

सफल खबर संवाददाता

विहीबार, १६ असोज २०८२, ०८ : २४
दसैँको टीकाको शुभसाइत बिहान ११ बजेर ५३ मिनेटमा

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको टीकाको साइत सार्वजनिक गरेको छ ।

समितिका अध्यक्ष प्रा.शम्भु प्रसाद ढकालका अनुसार असोज १६ गते बिहीबार ११:५३ बजे दसैँकाे टीकाको शुभसाइत रहेको छ ।  

देवी विसर्जनको साइत बिहान ९:२३ बजे रहेको छ । टीका लगाइमाग्ने पूर्व फर्कनुपर्ने समितिले जानकारी दिएको छ ।

यता, अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरुका लागि विजयादशमीको टीकाको शुभ साइत सार्वजनिक गरेको छ । 

प्रतिक्रिया दिनुहोस