काठमाडौँ। दक्षिण एसिया प्यासिफिक क्षेत्रका सहरहरूको छाता संस्था युनाइटेड सिटी अफ लोकल गभरमेन्ट (यूसीएलजी) एशिया-प्यासिफिक क्षेत्रको सहअध्यक्षमा धादिङको नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीमप्रसाद ढुंगाना पुनः निर्वाचित भएका छन्।
ढुंगान लगातार दोस्रो पटक उक्त पदमा निर्वाचित भएका हुन्। यसअघि दुई वर्षअघि उनी सहअध्यक्षमा निर्वाचित भएका थिए।
सन् २००४ मा स्थापना भएको संयुक्त सहर र स्थानीय सरकारहरू (यूसीएलजी) सहरहरू, स्थानीय र क्षेत्रीय सरकारहरू, र विश्व स्तरमा स्थानीय सरकारहरूको हितको प्रतिनिधित्व र रक्षासँग सम्बन्धित विश्वभरका नगरपालिका संघहरूको एक अन्तर्राष्ट्रिय छाता संगठन हो।
धादिङको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख समेत रहेका ढुंगाना स्थानीय तहमा जनप्रतिनिधिका रूपमा अनुभव सम्हालेका व्यक्ति हुन्। यस संस्थामा एशिया प्रशान्त क्षेत्रका स्थानीय सरकारहरू सदस्यका रूपमा रहेका छन्।
यो संस्थाले एसिया प्यासिफिक क्षेत्रका बेइजिङ, नयाँ दिल्ली, सियोल, पेनाङ जस्ता प्रमुख सहरहरू सहित ५१ देशका करिब ७००० सहरहरूको प्रतिनिधित्व गर्दछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ असोज २०८२, १३ : ३६
लेखकबाट थप