काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल-हमास युद्धविरामका लागि सार्वजनिक गरेको २० बुँदे योजना कार्यान्वयन भएमा गाजामा बन्दी बनाइएका नेपालका विपिन जोशीसहित सबै बन्दीहरूको अवस्था सार्वजनिक हुने भएको छ।
ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू सोमबार राति वासिङटनमा गाजा युद्धविरामका लागि सहमत भएका छन्। उनीहरूले सार्वजनिक गरेको विस्तृत योजनामा बन्दीहरूको रिहाइलाई प्राथमिकतामा राखिएको छ।
ट्रम्पको युद्धविराम योजनाको तेस्रो बुँदामा स्पष्ट भनिएको छ, ‘हमासले ७२ घण्टाभित्र सबै इजरायली बन्दी (जिउँदा वा मृत) छोड्नुपर्नेछ ।’
यस सहमतिको अर्थ, यदि हमासले ट्रम्पको योजनालाई स्वीकार गरेमा गाजामा रहेका सबै बन्दीहरूको अवस्था तीन दिनभित्र ‘जिउँदा वा मृत’ जुन अवस्थामा भए पनि सार्वजनिक गरिनु पर्ने छ। यी बन्दीहरूमा नेपालका विपिन जोशी पनि रहेका छन् । उनलाई २०२३ अक्टोबर ७ को आक्रमणपछि हमासले बन्दी बनाएको थियो।
यसको बदलामा, इजरायलले २५० आजीवन कारावासी र १७०० अन्य कैदीहरूलाई मुक्त गर्नेछ। साथै, प्रत्येक मृत इजरायली बन्दीको सट्टा १५ गाजावासीको शव फिर्ता दिइने पाँचौँ बुँदामा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ असोज २०८२, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपिनको रिहाइका लागि पहल गरिदिन इजरायली सरकारलाई परराष्ट्रमन्त्रीको आग्रह