चितवन । नारायणगढ मुग्लिन सडकखण्डको पहिरोले वर्षौ देखि सताउदै आएको छ। न त यस्को कुनै विकल्पनै निस्किएको छ न त कुनै ठोस योजना।
यस पहिरोले वर्षौ यात्रु र सवारी चालकलाई सताउदै र तर्साउंदै आएको छ तर यो भन्दा पनि बढी नारयणगढ मुग्लिङ सडकखण्डकले चितवनका प्रहरीलाई उतिकै पिडा पैदा गर्दै आएको छ। जब वर्षा याम सुरु हुन्छ त्यसपछि एका तिर यात्रुलाई पहिरो खस्छ कि भन्ने डर छ अर्को तिर प्रहरीलाई कसैलाई केही हुन्छ कि भन्ने डर र चिन्ता छ।
मुग्लिन प्रहरी जसलाई सबैभन्दा धेरै यहि ठाउँको चिन्ताले सताएको हुन्छ यस वर्ष पनि असोजको पहिलो दिन बाटै पहिरो खस्न थाल्यो। अब सुरु भयो यस्तो दिन जुन समय न खाना खाने समय हुन्छ न सुत्ने न आराम गर्ने नै। बस यति समय हुन्छ कि सडकमा केही नहोस् र यात्रुको ज्यान सुरक्षित होस्।
यही पहिरो पन्छाउने कार्यमा निरन्तर सुरक्षा दिने एक यस्ता ईन्सपेक्टर हुन प्रतिक सिंह। जो मुग्लिन प्रहरीका ईन्सपेक्टरको रुपमा रहेका छन्। जो आज सम्म पहिरो खस्दा एक दिन आफ्नो सरीरलाई थकाई मार्न दिएका छन् न त समयमा खानानै खान पाएका छन्। निरन्तर रातभर र दिनभर सडकमानै सेवा दिदै आएका छन्।
उनि र उनको मुग्लिन प्रहरी कार्यालयमा यस्ता प्रहरी छन् कि जो सबै निरन्तर मुग्लिङ सडकखण्डमै भेटिन्छन् र यत्रुकै सेवामा हुन्छन।
हेर्दा र देख्दा हामीलाई समान्य लाग्ला प्रहरी हो यति त गरी हाल्छ नि तर यति मात्रा काहा हो र मुग्लिन सडकखण्डमा खटिने क्रममा थाहाँ छैन कति बेला आफ्नो सरीर जाने हो कति बेला माथि बाट ढुङ्गा खस्ने हो।
निरन्तर बिहान, दिउसो र रातभरि त्यो सडकमा अझ धुवाँ, धुलो र हिलो त्यस्तै। अनि बुटमा प्रहरी आखिर कसरी थामेको होला त्यो अवस्थामा प्रहरीको सरीरले।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० असोज २०८२, १६ : १२
लेखकबाट थप