काठमाडौँ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ बलेफी स्थित अरनिको राजमार्गमा सुकुटेबाट खाडीचौरतर्फ जाँदै गरेको मारुती भ्यान सुनकोशी नदीमा खसेको छ ।
मारुती भ्यान सडकबाट अन्दाजी ५० मिटर तल सुनकोशी नदीमा खसी बेपत्ता भएको हो ।
भ्यान दुर्घटनापछि खोजीको लागि सशस्त्र प्रहरी बल नेपाल नं. १६ गण सिन्धुपाल्चोक र सुरक्षा बेस लामोसाँघुबाट विपद् व्यवस्थापन सहितको सुरक्षाफौज परिचालन गरिएको सहप्रबक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० असोज २०८२, ०८ : ५९
लेखकबाट थप