काठमाडौँ। जेन जेड युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गरेको भन्दै संसदीय समितिका सदस्यहरूले दुःख व्यक्त गरेका छन् । भ्रष्टाचार नियन्त्रण र सुशासनको माग गर्दै प्रदर्शनमा उत्रिएका युवाहरूले बलिदानी दिनुपरेको भन्दै समिति सदस्यहरूले दुःख व्यक्त गरेका हुन् ।
राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको आइतबार सिंहदरवारमा बसेको बैठकले ज्यान गुमाएका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
समिति सभापति माया प्रसाद शर्माले शान्तिपूर्ण रूपमा थालनी भएको प्रदर्शनमा समेत व्यक्तिको बलिदान हुन पुगेको बताए । ‘शान्तिपूर्ण रूपमा थालनी गरेको आन्दोलनमा बलिदानी भयो । सहादतप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ,’ सभापति शर्माले भने ।
समिति सदस्य नरबहादुर विष्टले जेन जेड आन्दोलन सुशासन स्थापना गर्न र भ्रष्टाचार नियन्त्रण गर्नलाई भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ असोज २०८२, १४ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय
जेन जेड आन्दोलनका घाइतेलाई अर्थमन्त्री खनालले भेटे
जेन जेड आन्दोलनमा नष्ट भएका सरकारी सम्पत्ति पुनर्निर्माण गर्न अर्थमन्त्रीको नेतृत्वमा समिति गठन
जेन जेड आन्दोलनमा निजी क्षेत्रको कति भयो क्षति ?
जेन जेड आन्दोलन : दसैँमा घर सिंगार्न आइपुग्छु भन्थ्यो, अधुरै रह्यो कमलको सपना
जेन जेड आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माणका लागि छिन्नजस्ताले ५ लाख ५१ हजार दिने