वीरगञ्ज (पर्सा) । पर्साका १४ पालिकामध्ये आधा दर्जनभन्दा धेरै पालिकाले अझैसम्म पनि बैंक खाता सञ्चालनमा ल्याउन सकेका छैनन् । चालु आर्थिक वर्ष सुरु भएको दुई महिनाभन्दा धेरै समय बित्दासमेत सबै कानुनी प्रक्रिया पूरा गर्न नसक्दा खाता सञ्चालनमा ल्याउन नसकेका हुन् ।
कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले पर्साका नौ वटा पालिकाले अझैसम्म पनि खाता सञ्चालनमा ल्याउन नसकेको जानकारी दिए।
पर्साका अधिकांश पालिकाले निर्धारित समयभित्रै चालु आवको नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेनन् भने ल्याएका पालिकाले पनि आवश्यक कानुनी प्रक्रिया पूरा गर्न नसक्दा बैंक खाता सञ्चालनमा आउन नसकेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ असोज २०८२, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिडिओ कार्यालय पर्सामा तनाव, विवाद साम्य पार्न छलफल जारी
वीरगन्जमा थपियो कर्फ्यु अवधि
रास्वपाका कार्यकर्ताले गरे पर्सामा प्रदर्शन
जिल्ला प्रशासन पर्साको प्रांगणभित्रका भाडाका सटर खाली गर्न ३५ दिने सूचना