काठमाडौँ । युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपाली नागरिकको उद्धार गरिएको छ ।
रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसीलाई बर्लिनस्थित नेपाली दूतावासको समन्वय एवं सक्रियतामा उद्धार गरी आज अपराह्न नेपाल फर्काउन लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । युक्रेनको सीमा सुरक्षा सेवा कार्यालय, गैरआवासीय नेपाली संघ जर्मनीलगायतको सहयोगमा उनीहरूको उद्धार गरिएको हो ।
मन्त्रालयले सम्बन्धित मुलुकको कानुनको उल्लंघन वा अवज्ञा वा बेवास्ता गर्दा पक्राउ परिने र लामो समय थुनामा बस्नुपर्ने अवस्था आउने एवं ज्यानसमेत जोखिममा पर्न सक्ने उल्लेख गर्दै विदेश यात्रा गर्दा सम्बन्धित मुलुकको अध्यागमनलगायत अन्य कानुनको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
साथै मन्त्रालयले यसप्रकार पक्राउ परेकाको उद्धार प्रक्रिया पनि सहज नहुने जनाउँदै विभिन्न प्रकारका प्रलोभन र बहकाउका सम्बन्धमा सचेत हुन तथा यसप्रकारको कुनै पनि कार्यमा संलग्न नहुन सबैलाई अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असोज २०८२, १६ : ४६
लेखकबाट थप