काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले जेन जेड आन्दोलनको यति ठूलो विद्रोह र बलिदानीलाई सरकार परिवर्तनमा मात्रै सीमित गरिएकोमा असन्तुष्टि जनाएको छ ।
बिहीबार बसेको राप्रपा कार्य सम्पादन समिति बैठकले फरक सरकार परिवर्तन मात्रै भयो भने बलिदानको घोर अपमान हुने भन्दै यति काम त एमाले काँग्रेस र माओवादी संलग्न सरकारले विगतमै गर्दै आएको निष्कर्ष निकालेको छ ।
बैठकपछि प्रवक्ता मोहनकुमार श्रेष्ठले वक्तव्य जारी गर्दै भ्रष्टाचारविरुद्धको जेन जेड विद्रोहलाई निर्वाचन प्रणाली,राज्य संरचना,संवैधानिक अंगलगायत नियुक्ति प्रणालीमा प्रहार गरेर मात्र टुङ्ग्याउनुपर्ने प्रष्ट पारेका छन् । राप्रपाले निष्कर्षमा नपुर्याई जेन जेड विद्रोहलाई टुंग्याउनु गम्भीर चूक भनेको छ ।
जेन जेड विद्रोहपछि कम्तिमा अन्तरिम सरकार,अन्तरिम संविधान,प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री,प्रदेश संरचना खारेजीजस्ता विषयलाई टुंग्याएरमात्र अघि बढ्नुपर्ने राप्रपाको धारणा रहेको उल्लेख छ । राप्रपाले असफल भएको संविधानबाटै मुलुकलाई अघि बढाउने चेष्टा गर्नु असफल बाटोमा धकेल्नु हो भन्ने प्रष्ट धारणा रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असोज २०८२, १८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग