काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले जेन जेड आन्दोलनको यति ठूलो विद्रोह र बलिदानीलाई सरकार परिवर्तनमा मात्रै सीमित गरिएकोमा असन्तुष्टि जनाएको छ ।
बिहीबार बसेको राप्रपा कार्य सम्पादन समिति बैठकले फरक सरकार परिवर्तन मात्रै भयो भने बलिदानको घोर अपमान हुने भन्दै यति काम त एमाले काँग्रेस र माओवादी संलग्न सरकारले विगतमै गर्दै आएको निष्कर्ष निकालेको छ ।
बैठकपछि प्रवक्ता मोहनकुमार श्रेष्ठले वक्तव्य जारी गर्दै भ्रष्टाचारविरुद्धको जेन जेड विद्रोहलाई निर्वाचन प्रणाली,राज्य संरचना,संवैधानिक अंगलगायत नियुक्ति प्रणालीमा प्रहार गरेर मात्र टुङ्ग्याउनुपर्ने प्रष्ट पारेका छन् । राप्रपाले निष्कर्षमा नपुर्याई जेन जेड विद्रोहलाई टुंग्याउनु गम्भीर चूक भनेको छ ।
जेन जेड विद्रोहपछि कम्तिमा अन्तरिम सरकार,अन्तरिम संविधान,प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री,प्रदेश संरचना खारेजीजस्ता विषयलाई टुंग्याएरमात्र अघि बढ्नुपर्ने राप्रपाको धारणा रहेको उल्लेख छ । राप्रपाले असफल भएको संविधानबाटै मुलुकलाई अघि बढाउने चेष्टा गर्नु असफल बाटोमा धकेल्नु हो भन्ने प्रष्ट धारणा रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असोज २०८२, १८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
राप्रपा मधेसकी सांसद कञ्चन विच्छा पदमुक्त
राप्रपा २३ गते राष्ट्रिय झन्डासहित सडकमा निस्किने