काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले जेन जेड आन्दोलनको फाइदा उठाउँदै पार्टीको नाम लिएर धम्की दिनेलाई छानबिन गरी कारबाही गर्न आग्रह गरेको छ।
रास्वपाका प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै पार्टीको नाम लिएर उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीहरूलाई डर, त्रास, धम्की देखाई टेलिफोन मेसेज गरिरहेको जानकारी आएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।रास्वपाले यस्ता गतिविधिमा लाग्ने जो कोही भए पनि आवश्यक छानबिन र कारबाहीका लागिसमेत अनुरोध गरेको छ। ‘जेन जेड आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छित व्यक्ति र समूहले रास्वपा र रास्वपा सम्बद्ध व्यक्तिहरूको नाम लिँदै विभिन्न निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीहरूलाई डर, त्रास, धम्की देखाई टेलिफोन मेसेज गरिरहेको जानकारी पार्टीमा आएकाले यसतर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गतिविधिमा रास्वपाको कुनै संलग्नता नरहेको सार्वजनिक जानकारी गराउँदै यस्ता गतिविधिमा लाग्ने जो कोही भए पनि आवश्यक छानबिन र कारबाही लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौँ ।’ झाले यस्ता कार्यमा रास्वपाको कुनै संलग्नता नरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असोज २०८२, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधनमा रास्वपाको उल्टो कदम : बहसअघि कार्यदल, दलहरू अन्योलमा
निजामतीभित्रका कुनै पनि समूह र अभियानसँग हाम्रो सम्बन्ध छैन : रास्वपा
बालेन साह रास्वपा संसदीय दलको नेतामा सर्वसम्मत चयन
रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने
रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक
संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने रास्वपाको तयारी