काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो नाम र सम्बद्ध व्यक्तिहरूलाई दुरुपयोग गरी उद्योगी, व्यवसायी र उच्च पदस्थ कर्मचारीलाई धम्की दिने काम भइरहेको भन्दै त्यसबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पार्टी प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छित व्यक्ति तथा समूहले रास्वपा र यसको नेतृत्वसँग नजिक देखाउँदै विभिन्न निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय र उच्च पदस्थ कर्मचारीलाई फोन र मेसेजमार्फत डर, त्रास र धम्की दिएको जानकारी आएको बताएका हुन् ।
यस्ता गतिविधिमा रास्वपाको कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्दै उनले पार्टीले त्यसप्रति गम्भीर आपत्ति जनाएको बताए।
झाले यस्ता कार्यले राजनीतिक गतिविधि मात्र होइन, समाजमा समेत भ्रम फैलाउने भएकाले आवश्यक छानबिन र कानूनी कारबाहीका लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
रास्वपाले पार्टीको नाममा धम्की दिने जो कोहीलाई कारबाही गर्न आग्रह गर्दै उद्योगी, व्यवसायी, कर्मचारी र सर्वसाधारणलाई पनि यस्ता भ्रममा नपर्न अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असोज २०८२, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको रोकिएको बागमती प्रदेश अधिवेशन भोलि
रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित
रास्वपा दैलेख अधिवेशनपछि विवाद
रास्वपाको बागमती प्रदेश अधिवेशन आज, सभापति लामिछानेले उद्घाटन गर्ने
रास्वपाको जिल्ला अधिवेशनमा ‘नेपाल सरकार’ को लोगो प्रयोग
सत्तारुढ दल रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै