काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको आज अन्त्येष्टि गरिँदै छ ।
मृतकका परिवारका सदस्य र आफन्तहरूले शवयात्रासहित अन्त्येष्टि गर्न लागेका हुन् । अहिले मृतकका शवहरू अन्त्येष्टिका लागि शवयात्रा निकालिएको छ ।
त्रिवि शिक्षण अस्पतालबाट शवहरू चक्रपथ हुँदै पशुपति आर्यघाट लगिने तयारी छ । शवयात्राका लागि पुगेकाहरूले मृतकका फोटो र राष्ट्रिय झन्डा बोकेका छन् ।
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दा ७२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरैजसो गोली लागेकाहरू छन् । कतिपयका शव आगोमा जलेको अवस्थामा भेटिएका छन् ।
                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ भदौ २०८२, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय
जेन जेड आन्दोलनका घाइतेलाई अर्थमन्त्री खनालले भेटे
जेन जेड आन्दोलनमा नष्ट भएका सरकारी सम्पत्ति पुनर्निर्माण गर्न अर्थमन्त्रीको नेतृत्वमा समिति गठन
जेन जेड आन्दोलनमा निजी क्षेत्रको कति भयो क्षति ?
जेन जेड आन्दोलनमा युवामाथि ताकी ताकि गोली हानिएको भन्दै संसदीय समितिद्वारा दुःख व्यक्त
जेन जेड आन्दोलन : दसैँमा घर सिंगार्न आइपुग्छु भन्थ्यो, अधुरै रह्यो कमलको सपना