काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले विकसित घटनाबारे महत्त्वपूर्ण निर्णय लिन भन्दै बैठक बोलाइएको हो।
बैठक असोज ८ गते काठमाडौंमा बस्नेछ। बैठकले जेनजी आन्दोलन र त्यसपछिका विकसित राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गर्दै पार्टीको आगामी नीति तथा कार्ययोजना तय गर्नेछ।
बैठकमा भाग लिन केन्द्रीय तहका सबै सदस्यहरू, प्रदेश संयोजकहरू तथा जिल्ला संयोजकहरूलाई समेत आमन्त्रण गरिएको जनाइएको छ। जेनजी आन्दोलनपछि पूर्वप्रधानमन्त्रीहरुलाई राजनीतिबाट बिदा लिन दबाब बढिरहेको बेलामा भट्टराईले पार्टीको विशेष विस्तारिक बैठक डाकेका हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० भदौ २०८२, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लामिछानेको दिल्ली भ्रमण कूटनीति दुष्चक्र तोड्न सफल होस् : बाबुराम भट्टराई
नयाँ सरकारसँग जनताको ठुलो अपेक्षा छ, नेतृत्वको ध्यान पुगोस्: डा. भट्टराई
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई
भारत जाँदै बाबुराम भट्टराई
बालेन्द शाहलाई बाबुराम भट्टराईले दिए यस्तो शुभकामना...