काठमाडौँ । जेन जेड आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले सो जानकारी दिएका हुन् ।
आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदी बन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको मुख्य सचिव अर्यालले बताए । उनका अनुसार १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।
भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध भदौ २३ गते युवाहरू आन्दोलनमा उत्रिएका बेला प्रहरीसँग झडप भएको थियो । त्यसक्रममा विभिन्न ठाउँमा आगजनी हुँदा पनि विभिन्न व्यक्तिहरूको मृत्यु भएको छ ।
मृतक सबैको सनाखत हुन सकेको छैन । जलेका ठाउँहरू सफा गर्ने क्रममा शव भेटिने क्रम जारी छ । आज बिहान मात्रै चाबहिल चुच्चे पाटीको भाटभटेनीमा ६ जनाको शव भेटिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ भदौ २०८२, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय
जेन जेड आन्दोलनका घाइतेलाई अर्थमन्त्री खनालले भेटे
जेन जेड आन्दोलनमा नष्ट भएका सरकारी सम्पत्ति पुनर्निर्माण गर्न अर्थमन्त्रीको नेतृत्वमा समिति गठन
जेन जेड आन्दोलनमा निजी क्षेत्रको कति भयो क्षति ?
जेन जेड आन्दोलनमा युवामाथि ताकी ताकि गोली हानिएको भन्दै संसदीय समितिद्वारा दुःख व्यक्त
जेन जेड आन्दोलन : दसैँमा घर सिंगार्न आइपुग्छु भन्थ्यो, अधुरै रह्यो कमलको सपना