वीरगञ्ज भन्सारबाट अत्यावश्यक वस्तुको जाँचपास थालियो

सफल खबर संवाददाता

शुक्रबार, २७ भदौ २०८२, १४ : ४६
वीरगञ्ज भन्सारबाट अत्यावश्यक वस्तुको जाँचपास थालियो

वीरगञ्ज । ‘जेनजी’ समूहको प्रदर्शनी र आन्दोलनका कारण देशमै सबैभन्दा धेरै राजस्व सङ्कलन गर्ने वीरगञ्ज भन्सार कार्यालयको सेवा प्रवाह दुई दिन ठप्प हुँदा अर्बौं राजस्व सङ्कलनमा नोक्सान बेहोर्नु परेको छ ।

दैनिक औसतमा ७२ करोड राजस्व सङ्कलन गर्ने कार्यालयको गत मङ्गलबार र बुधबार दुई दिन राजस्व सङ्कलन लगभग ठप्प भयो । बिहीबारदेखि भने अत्यावश्यक पेट्रोलियम पदार्थ र औषधिजन्य वस्तुको भन्सार जाँचपास प्रक्रिया सुरु भएको छ ।

भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले आन्दोलनका कारण कार्यालयमा मानवीय र भौतिक क्षति नभएकाले काम गर्न सहन भएको बताए ।

प्रतिक्रिया दिनुहोस