आजदेखि सुक्खा बन्दरगाह वीरगञ्ज भन्सारमा गाभियो

सफल खबर संवाददाता

विहीबार, ०१ साउन २०८२, ११ : १२
आजदेखि सुक्खा बन्दरगाह वीरगञ्ज भन्सारमा गाभियो

वीरगञ्ज (पर्सा) । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ । साथै एकीकृत कार्यालयबापत सेवा प्रवाह पनि प्रारम्भ भएको छ । 

यसअघि वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँच चौकी थियो । त्यसैगरी सुक्खा बन्दरगाह भन्सार कार्यालय बेग्लै कार्यालयका रूपमा अस्तित्वमा थियो । एकीकृत जाँचचौकीमा मालवाहक सवारीसाधनबाट वैदेशिक व्यापारअन्तर्गतका वस्तु तथा सामान आयात–निर्यात गर्ने गरिन्छ । 

सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट यसअघि रेल्वे र्‍याकबाट सामान आयात र निर्यात हुने गरेको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले संघीय सरकारको निर्णयअनुसार सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको बताए ।

यसैबीच, सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत आर्थिक वर्षभरिमा रु ४९ अर्ब ८२ करोड राजस्व संकलन गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस