काठमाडौँ। जेन जेड आन्दोलनका क्रममा मृत्यु भएकाहरूका आफन्तले पोस्टमार्टम गर्न नदिने बताएका छन् ।
गत सोमबार र मंगलबार भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका मृतकका आफन्तले शव पोस्टमार्टम गर्न नदिने बताएका हुन् ।
आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुगेको छ । तीमध्ये २० भन्दा बढी शव टिचिङ हस्पिटलको पोस्टमार्टम ब्लकमा राखिएको छ । त्यहाँ राखिएका मृतकका आफन्तहरूले पोस्टमार्टम गर्न नदिने बताएका हुन् ।
पहिलो दिन सुरुमै नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर मृत्यु भएका रसिक खतिवडाकी आमा रचना खतिवडाले आफ्नो छोराको पोस्टमार्टम गर्न नदिने बताइन् ।
नयाँ बानेश्वरमा भएको पहिलो दिनको प्रदर्शनका क्रममा रसिकको छाती र कोखामा १-१ गोली लागेको थियो । उनको मृत्युपछि शव कहाँ राखिएको छ भनेर थाहा नपाएको रचनाको भनाइ छ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ भदौ २०८२, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय
जेन जेड आन्दोलनका घाइतेलाई अर्थमन्त्री खनालले भेटे
जेन जेड आन्दोलनमा नष्ट भएका सरकारी सम्पत्ति पुनर्निर्माण गर्न अर्थमन्त्रीको नेतृत्वमा समिति गठन
जेन जेड आन्दोलनमा निजी क्षेत्रको कति भयो क्षति ?
जेन जेड आन्दोलनमा युवामाथि ताकी ताकि गोली हानिएको भन्दै संसदीय समितिद्वारा दुःख व्यक्त
जेन जेड आन्दोलन : दसैँमा घर सिंगार्न आइपुग्छु भन्थ्यो, अधुरै रह्यो कमलको सपना