काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई कारागारबाट जबरजस्ती निकालिएको प्रष्टीकरण दिएका छन् । आफूलाई ‘कस्टडी’मा राख्नका लागि सुरक्षा प्रमुखहरूलाई भनेको उनको दाबी छ ।
रवि लामिछानेले फेसबुक लाइभमा आएर भनेका छन्, ‘म आफूले चाहेर निस्किएको होइन । सुरक्षा दिन सकिन्न भनेर मलाई जबरजस्ती बाहिर निकालिएको हो । मलाई जस्तो पत्र दिइयो, जस्ताको तस्तै सार्वजनिक गरेको छु ।’
उनले आजै नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग आफूले कुरा गरेर फेरि थुन्न भनेको बताए ।
लामिछानेले भने, ‘तपाईँहरूले मलाई आफ्नो कस्टडीमा राख्नुस् या कारागारमा पठाउनुस् भनेर उहाँहरूलाई भनेँ । उहाँहरूले आफै सुरक्षित बस्नुस्, परेको बेला आफैँ सम्पर्क गर्छौँ भन्नुभयो । सुरक्षा दिन नसकेरै पत्र दिएको होला भन्ने कुरा गर्नुभयो ।’
उनले आजै न्यायिक निकायहरूलाई पनि औपचारिक जानकारी गराएको बताए । आफू सरकार बनाउने र सरकारमा दौडमा नरहेको उनले प्रष्ट पारे ।
‘मेरो नाममा विवाद गर्नु जरुरी छैन । मलाई डिफेम गर्न पर्दैन । म यो रेसमा नै छैन । झूटो मुद्दा अझै खेपिरहेको छु । प्रहरीले आफैँ सुरक्षित बस भन्छ । बाटोमा जा भन्छ । बाटोमा आगो लिएर बसेको भिड छ । अब भन्नुस् मैले बाँच्न पाउने कि नपाउने रु काँग्रेस एमालेदेखि जेन जेडसम्म आउँदा ममाथिको अन्याय नरोकिने नै हो त ?’ उनले प्रश्न गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ भदौ २०८२, १९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नख्खु कारागार फर्किए रवि लामिछाने
प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रवि लामिछानेको दाबी
प्रदर्शनकारीले रवि लामिछानेलाई जेलबाट निकाले
उम्मेदवार टुंग्याउनु अगाडी रास्वपाले आकांक्षीहरुलाई किन भेट्न पठाउँदैछन् रवि लामिछाने ?
रविको निवेदनमाथि उच्च अदालतमा आज सुनुवाइ
रवि लामिछानेलाई भिटामिन 'डी'को कमी