काठमाडौँ । जेन जेड आन्दोलनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्वका लागि अगाडि सार्ने विषयमा जेन जेड बहुमतको सहमति जुटाएको छ ।
बुधबार भर्चुअल बैठकमार्फत सो निष्कर्ष निकालिएको जेन जेड अभियन्ता अनिल बाँनियाले जानकारी दिए। उनका अनुसार करिब तीन सयदेखि चार सय सदस्य बैठकमा सहभागी भएर आफ्नो मत व्यक्त गरेका थिए।
पूर्वप्रधानन्यायाधीश कार्की सबैभन्दा लोकप्रिय नामका रूपमा अगाडि आएकी छन् र हालको आन्दोलनको नेतृत्वमा उनी महत्त्वपूर्ण रोजाइ बनेकी छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ भदौ २०८२, १८ : ४०
लेखकबाट थप