काठमाडौँ । सोमबार र मंगलबार दिनभर उग्र प्रदर्शन गरेका जेनजी प्रदर्शनकारीहरूले अहिले विजय उत्सव मनाउन थालेका छन् ।
सामाजिक सञ्जाल बन्दको विरोधमा सुरु गरिएको प्रदर्शन हिंसात्मक बनेपछि सोमबार १९ जनाको मृत्यु भएको थियो । त्यसपछि झनै आक्रोशित भएका जेनजी युवाहरू आज पनि प्रदर्शनमा उत्रिएका थिए ।
सरकारले लगाएको कर्फ्यु आदेशको वास्तै नगरी अघि बढेका उनीहरूले सिंहदरवारसहित देशका प्रमुख प्रशासनिक कार्यालयमा आगजनी र तोडफोड गरेका छन् । अहिले पनि कतिपय ठाउँमा प्रदर्शन रोकिएको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ भदौ २०८२, १८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीको सबै तहमा २५ प्रतिशत जेन जेड प्रतिनिधित्व सुनिश्चित गर्न माग