संसद्को दुई नम्बर गेटमा जेन जेड प्रदर्शनकारीले गरे आगजनी

सफल खबर संवाददाता

सोमबार, २३ भदौ २०८२, १२ : ५०
संसद्को दुई नम्बर गेटमा जेन जेड प्रदर्शनकारीले गरे आगजनी

काठमाडौँ । जेन जी प्रदर्शनकारीहरूले संसद् भवनको दुई नम्बर गेटमा आगजनी गरेका छन् । जेनजीको आन्दोलन उग्र भएपछि कर्फ्यु आदेश जारी भइसकेको छ । प्रहरीले अवस्था शान्त बनाउन रबरको गोली चलाएको छ ।

प्रदर्शनकारीले ढुंगामुढासहित संसद् भवनको २ नम्बर गेटको पर्खाल भत्काएका थिए । अहिले प्रदर्शनकारीलाई तितरबितर पार्न घुँडामुनि रबरको बुलेट हानिएको सुरक्षा अधिकारीले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस