काठमाडौँ । शुक्रबार संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिमा निर्विरोध निर्वाचित भएका रामहरि खतिवडाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार बिहान कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा सभापति खतिवडाले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थितिमा सभामुख देवराज घिमिरेबाट शपथ लिएका हुन् ।
शपथ ग्रहण समारोहमा उपसभामुख इन्दिरा रानामगर, राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेलगायत पदाधिकारीहरूको उपस्थिति थियो । यसअघि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिकाे सभापति रहेका खतिवडा संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ प्रकरणको छानबिन गर्न बनेको संसदीय विशेष समितिले नैतिक जिम्मेवार ठहर्याएपछि राजीनामा दिएका थिए ।
त्यसपछि खतिवडालाई उनको पार्टी नेपाली कांग्रेसले त्यहाँबाट सरुवा गरेर संसदीय समिति ल्याइ सभापति बनाएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ भदौ २०८२, ११ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीले माग्यो राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा