काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सार्वजनिक मामिला विभागका सचिव वदन भण्डारीमाथि गएराति कपनको प्रगति चोकमा आक्रमण भएको छ।
मोटरसाइकलमा आएका तीन जना व्यक्तिले उनीमाथि रड प्रहार गरी घाइते बनाएका हुन् ।
नम्बर प्लेट छोपेर आएका तीन जना व्यक्तिमध्ये दुई जनाले रड प्रहार गरेको भण्डारीले बताए । रड प्रहारबाट आफ्नो टाउकोमा करिब दस टाँका लगाउनु परेको भण्डारीले जानकारी दिए ।
उनको गाडी पनि तोडफोड गरिएको छ। केही समयअघि नारी टिभीमा दिएको एक अन्तरवार्तालाई लिएर आफूलाई निरन्तर धम्की आइरहेको र केही दिनअघि आफ्नो कार्यालयमा समेत आएर आफ्नो बारेमा सोधपुछ गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ भदौ २०८२, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको बागमती अधिवेशन: विद्युतीय मेसिनबाट मतदानको तयारी
रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी
रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी
रास्वपाको रोकिएको बागमती प्रदेश अधिवेशन भोलि
रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित
रास्वपा दैलेख अधिवेशनपछि विवाद