काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सार्वजनिक मामिला विभागका सचिव वदन भण्डारीमाथि गएराति कपनको प्रगति चोकमा आक्रमण भएको छ।
मोटरसाइकलमा आएका तीन जना व्यक्तिले उनीमाथि रड प्रहार गरी घाइते बनाएका हुन् ।
नम्बर प्लेट छोपेर आएका तीन जना व्यक्तिमध्ये दुई जनाले रड प्रहार गरेको भण्डारीले बताए । रड प्रहारबाट आफ्नो टाउकोमा करिब दस टाँका लगाउनु परेको भण्डारीले जानकारी दिए ।
उनको गाडी पनि तोडफोड गरिएको छ। केही समयअघि नारी टिभीमा दिएको एक अन्तरवार्तालाई लिएर आफूलाई निरन्तर धम्की आइरहेको र केही दिनअघि आफ्नो कार्यालयमा समेत आएर आफ्नो बारेमा सोधपुछ गरिएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ भदौ २०८२, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाद्वारा समानुपातिकतर्फ उम्मेदवार छनोट प्रक्रिया सुरु, आवेदन दिन आह्वान
रुपन्देही–३ बाहेक अन्यत्र उम्मेदवार चयन भएको छैन : रास्वपा
रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै
रास्वपा र विवेकशीलबीच एकीकरणका लागि भोलि एकता घोषणा सभा हुँदै
रास्वपाले हटायो सातै प्रदेशका इन्चार्ज, निर्वाचन केन्द्रित भूमिकामा खटाउने
रास्वपा सचिवालय बैठकले गरे यि ५ निर्णय