काठमाडौँ । संयुक्त विद्यार्थी संगठनको तर्फबाट सत्तारुढ दल नेकपा एमालेलाई ज्ञापन पत्र बुझाएको छ ।
नेकपा एमाले दलको कार्यालयमा पुगेर विद्यार्थी संगठनका नेताहरूले मुख्य सचेतक महेश बर्तौलालाई ज्ञापन पत्र बुझाएका हुन् ।
उनीहरूले विद्यालय शिक्षा विधेयकमा विद्यालयीय शिक्षाको सबलीकरणका लागि भूमिका निर्वाह गरिदिन माग गरेका छन् ।
ज्ञापन पत्र बुझेपछि बर्तौलाले सरकार विद्यालय शिक्षाको सबलीकरणको पक्षमा रहेको र आउँदै गरेको ऐनमा यसबारे विशेष ध्यान दिइने विषयमा विश्वस्त रहन गरे ।
हिजो कार्यवाहक प्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई विद्यालय शिक्षा विधेयकलगायतका शैक्षिक मुद्दाहरू समेटेर १७ विद्यार्थी संगठनले ज्ञापन पत्र बुझाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ भदौ २०८२, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षा विधेयक असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकद्वारा आन्दोलनको घोषणा
शिक्षा विधेयकमा कुनै विलम्ब र षड्यन्त्र भए तुरुन्तै आन्दोलनमा जाने शिक्षक महासंघको चेतावनी
सरकारले चाहे केही दिनमै पास हुन्छ शिक्षा विधेयक
विद्यालय शिक्षा विधेयकका ९१ वटा दफामा जुट्यो सहमति