काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जुम्लामा फलेको अर्ग्यानिक स्याउ काठमाडौँ ल्याउन लाग्दा प्रहरीले ठाउँठाउँमा घुस मागेको आरोप लगाएको छ ।
राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै उनले जुम्लाका किसानले काठमाडौँमा अर्ग्यानिक स्याउ ल्याउन लाग्दा प्रहरीले ठाउँठाउँमा सय रुपैयाँसम्म घुस मागेको भन्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराए ।
उनले भने, ‘जुम्लाबाट स्याउ ल्याउँदा प्रहरीले ठाउँठाउँमा १०० रुपियाँसम्म घुस मागिरहेको छ । सभामुखमार्फत गृहमन्त्रीलाई जानकारी गराउन चाहन्छु ।’उनले विदेशी स्याउलाई रोकेर जुम्लाको स्याउ बिक्री हुने वातावरण निर्माण गर्न पनि सरकारसँग आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ भदौ २०८२, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
कमल थापालाई टिकट दिएपछि राप्रपामा रडाको
यी हुन् राप्रपाले बुझाएको ११० समानुपातिक उम्मेदवारहरू (सूची)
भोलि बिर्तामोडमा शक्ति प्रदर्शन गर्दै राप्रपा
राप्रपा र राप्रपा नेपालबीच सहमति
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा