काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दलीयकरण गरिएको आरोप लगाएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै रास्वपा सांसद हरि ढकाल अख्तियारलाई दलीयकरण गरेर सत्तारुढ दलहरूले सेपमा राखिरहेको आरोप लगाए ।
‘अख्तियार दुरुपयोग अनुसनधान आयोलाई दलीयकरण गरिएको छ । साइजमा राखिएको छ । ०८४ पछि यो रहँदैन,’ सांसद ढकालले भने । उनले भिजिट भिसा प्रकरणमा आफूहरू ९५ दिनदेखि सदनमा आन्दोलित भए पनि सत्ता पक्षले नसुनेको बताए । सत्ता पक्षले आफूहरूले सदनमा बोलेको दुई मिनेट समयको विषयलाई बंग्याउन घण्टौ समय खर्चिइरहेका आरोप लगाए ।
विरोधको आवाजलाई बन्देज गरेर लोकतन्त्र नबच्ने ढकालले बताए । उनले दलीयकरणका कारणले लोकतन्त्रमाथि छाँया परेको आरोप लगाउँदै ०८४ मा आम नागरिकले यो शैलीको हेक्का राखेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ भदौ २०८२, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज संसदमा रास्वपाबाट रवि लामिछानेले सम्बोधन गर्ने
संविधान संशोधनमा रास्वपाको उल्टो कदम : बहसअघि कार्यदल, दलहरू अन्योलमा
निजामतीभित्रका कुनै पनि समूह र अभियानसँग हाम्रो सम्बन्ध छैन : रास्वपा
बालेन साह रास्वपा संसदीय दलको नेतामा सर्वसम्मत चयन
रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने
रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक