काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दलीयकरण गरिएको आरोप लगाएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै रास्वपा सांसद हरि ढकाल अख्तियारलाई दलीयकरण गरेर सत्तारुढ दलहरूले सेपमा राखिरहेको आरोप लगाए ।
‘अख्तियार दुरुपयोग अनुसनधान आयोलाई दलीयकरण गरिएको छ । साइजमा राखिएको छ । ०८४ पछि यो रहँदैन,’ सांसद ढकालले भने । उनले भिजिट भिसा प्रकरणमा आफूहरू ९५ दिनदेखि सदनमा आन्दोलित भए पनि सत्ता पक्षले नसुनेको बताए । सत्ता पक्षले आफूहरूले सदनमा बोलेको दुई मिनेट समयको विषयलाई बंग्याउन घण्टौ समय खर्चिइरहेका आरोप लगाए ।
विरोधको आवाजलाई बन्देज गरेर लोकतन्त्र नबच्ने ढकालले बताए । उनले दलीयकरणका कारणले लोकतन्त्रमाथि छाँया परेको आरोप लगाउँदै ०८४ मा आम नागरिकले यो शैलीको हेक्का राखेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ भदौ २०८२, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाद्वारा समानुपातिकतर्फ उम्मेदवार छनोट प्रक्रिया सुरु, आवेदन दिन आह्वान
रुपन्देही–३ बाहेक अन्यत्र उम्मेदवार चयन भएको छैन : रास्वपा
रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै
रास्वपा र विवेकशीलबीच एकीकरणका लागि भोलि एकता घोषणा सभा हुँदै
रास्वपाले हटायो सातै प्रदेशका इन्चार्ज, निर्वाचन केन्द्रित भूमिकामा खटाउने
रास्वपा सचिवालय बैठकले गरे यि ५ निर्णय