भोजपुर । फल खस्ने रोग देखिएपछि यहाँका सुन्तला किसान समस्या परेका छन् । सुन्तलाका दानाका भेट्नो कुहिएर झर्न थालेसँगै यहाँका व्यावसायिक सुन्तलाखेतीमा लागेका किसान समस्यामा परेका हुन् ।
सुन्तलाको फल झर्ने समस्याले किसानलाई चिन्तित बनाएको भोजपुर नगरपालिका–३ गुप्तेश्वरका किसान डम्बर बस्नेतले जानकारी दिए । गुप्तेश्वरका तमना, रबे, सिमलबोटे, बलौटे, वाछलालगायत ठाउँका करिब ३०० किसानले सुन्तलाखेती गर्दै आएको उनले जानकारी दिए । सुन्तलामा रोग देखिएपछि किसान उपचारको खोजीमा रहेको उनको भनाइ छ ।
सुन्तलामा फल झर्ने, हाँगा सुक्ने, ढुसी लाग्ने, पात बेरिने समस्या देखिएको स्थानीय किसान शारदा थापाले बताइन् । फल झर्ने रोगले कतिपय बोट खाली नै भइसकेको उनको भनाइ छ । गत वर्ष रु १० लाखको सुन्तला बेचेको भए पनि यस वर्ष रोगका कारण उत्पादन घट्ने चिन्ता बढेको उनको भनाइ छ ।
भुइँमा झरेको सुन्तलाको दाना काटेर हेर्दा कुनै पनि किरा नरहेको अर्का किसान तीर्थ प्रधानले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १८ भदौ २०८२, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नमूना बगैँचा बनाउन किसानलाई सुन्तलाका बिरुवा वितरण
म्याग्दीमा सुन्तला उत्पादन २५ प्रतिशतले बढ्यो
नवलपुरमा ९ करोडको सुन्तला उत्पादन
सुन्तला बिक्रीबाट पाल्पामा भित्रियो ५२ करोड ७६ लाख
गण्डकीमा चार अर्बभन्दा बढीको सुन्तला उत्पादन
बागलुङमा रु २६ करोड ४६ लाखको सुन्तला बिक्री