भोजपुर । फल खस्ने रोग देखिएपछि यहाँका सुन्तला किसान समस्या परेका छन् । सुन्तलाका दानाका भेट्नो कुहिएर झर्न थालेसँगै यहाँका व्यावसायिक सुन्तलाखेतीमा लागेका किसान समस्यामा परेका हुन् ।
सुन्तलाको फल झर्ने समस्याले किसानलाई चिन्तित बनाएको भोजपुर नगरपालिका–३ गुप्तेश्वरका किसान डम्बर बस्नेतले जानकारी दिए । गुप्तेश्वरका तमना, रबे, सिमलबोटे, बलौटे, वाछलालगायत ठाउँका करिब ३०० किसानले सुन्तलाखेती गर्दै आएको उनले जानकारी दिए । सुन्तलामा रोग देखिएपछि किसान उपचारको खोजीमा रहेको उनको भनाइ छ ।
सुन्तलामा फल झर्ने, हाँगा सुक्ने, ढुसी लाग्ने, पात बेरिने समस्या देखिएको स्थानीय किसान शारदा थापाले बताइन् । फल झर्ने रोगले कतिपय बोट खाली नै भइसकेको उनको भनाइ छ । गत वर्ष रु १० लाखको सुन्तला बेचेको भए पनि यस वर्ष रोगका कारण उत्पादन घट्ने चिन्ता बढेको उनको भनाइ छ ।
भुइँमा झरेको सुन्तलाको दाना काटेर हेर्दा कुनै पनि किरा नरहेको अर्का किसान तीर्थ प्रधानले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १८ भदौ २०८२, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन
दश करोडभन्दा बढीमा बिक्री भए भीरकोटका सुन्तला
स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
बागलुङका किसान सुन्तला सस्तोमा बेच्न बाध्य
कृषक समूहबाट ८७ लाख रुपैयाँको सुन्तला बिक्री