काठमाडौँ । वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्युठान नौ बहिनी गाउँपालिका-५ घर भएका हाल काठमाडौँ महानगरपालिका-३२ बस्ने ३२ वर्षीय मिनराज राना क्षेत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
मिनराजले युएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ३० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । सम्पर्कविहीन भएपछि पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ भदौ २०८२, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हायात क्यासिनोमा आगजनी र चोरीमा संलग्न दुई जना पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ
रौतहटमा नक्कली नोटसहित तीनजना पक्राउ
जेनजीका नाममा सरकारी कार्यालयमा आगजनीमा संलग्नको आरोपमा पूर्वमन्त्री मोदीका स्वकीय सचिव पक्राउ
क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा पक्राउ
महिलाको हातबाट ब्याग खोस्ने चारजना पक्राउ