सर्लाही । सर्लाहीमा पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु भएको छ।
सदरमुकाम मलंगवा नगरपालिका-६ सुखैनिया निवासी छोटेलाल पासवानकी छोरी पाँच वर्षीया आरुही पासवानको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
बालिका खेल्नेक्रममा पोखरीमा डुब्दा उनको घटनास्थलमै मृत्यु भएको हो।
उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ भदौ २०८२, १० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु