एजेन्सी । अफगानिस्तानको पूर्वी क्षेत्रमा आइतबार राति ६.० म्याग्निच्यूडको भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु नाङ्गरहार प्रान्तको राजधानी र अफगानिस्तानको पाँचौँ ठूलो सहर जलालाबादबाट २७ किलोमिटर टाढा थियो।
८ किलोमिटर गहिराइमा गएको भूकम्पमा कम्तीमा २० जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइतेको अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले बीबीसीलाई बताएका छन् । तालिबान सरकारका स्रोतहरूका अनुसार दर्जनौँ घरहरू भत्किएको र मृतक संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ ।
दूरदराजका हिमाली क्षेत्रमा पुगेका पहिरो र बाढीका कारण धेरै ठाउँमा भौतिक पहुँच अवरुद्ध भएकाले तालिबान सरकारले मानवतावादी संस्थाहरुलाई उद्धारमा सहयोग गर्न आग्रह गरेको छ । केही क्षेत्रहरूमा केवल हवाई मार्गबाट मात्र पुग्न सकिने बताइएको छ ।
भूकम्पको धक्का राजधानी काबुलदेखि करिब ३०० किलोमिटर टाढा रहेको पाकिस्तानको राजधानी इस्लामाबादसम्म महसुस गरिएको थियो ।
अफगानिस्तान भारतीय र यूरेसियन प्लेटहरू भेटिने भूकम्पीय फल्टलाइनमा अवस्थित भएकाले त्यहाँ बारम्बार भूकम्प आउने गर्दछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ भदौ २०८२, ०७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
भारतको असममा ५.१ म्याग्निच्युडको भूकम्प
उदयपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प
ताप्लेजुङ आसपास केन्द्रविन्दु भएर भूकम्प
मेक्सिकोमा ६.५ म्याग्निच्युडको भूकम्प
जापानमा भूकम्प : कम्तीमा ३० जना घाइते, एक हप्तासम्म ‘हाई-अलर्ट’मा रहन चेतावनी