काठमाडौं । शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्यले शुक्रबार २ लाख रुपैयाँ क्रस गरेको हो ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार शुक्रबार सुनको मूल्य १२ सय रुपैयाँले बढेसँगै नयाँ रेकर्ड कायम भएको हो ।
महासंका अनुसार बिहीबार १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार २ लाख ६०० रुपैयाँ कामयम भएको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार बिहीबार २ हजार ३५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार २ हजार ३६० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ भदौ २०८२, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्यमा अर्को कीर्तिमान, एकैदिन ५ हजार २ सयले बढ्यो
आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य हालसम्मकै उच्च, आज तोलाको कति ?
सुनचाँदीको मूल्यमा आजपनि नयाँ रेकर्ड, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य तोलामा २८०० रुपैयाँ बढ्यो, आज कतिमा हुँदै छ कारोबार ?
सुनको भाउ आज पनि घटयो, कतिमा हुदैछ कारोबार ?