काठमाडौं । काठमाडौंको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किँदा दुई युवाको ज्यान गएको छ।
शुक्रबार बिहान आकाशे पुल नजिकै सडकछेउमा पार्क गरिएको बा प्र ०१-००६ ख ४२४३ नम्बरको बसमा लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किँदा घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
मृत्यु हुनेमा स्कुटर चालक नवलपरासी सुनौल-१ का २२ वर्षीय शिरिस पौडेल र पछाडि सवार काभ्रे पाँचखाल-२ का २३ वर्षीय नितेश नेपाल रहेका छन्।
बस चालक दोलखा भिमेश्वर-७ का २५ वर्षीय सुभाष तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिल बोहराले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ भदौ २०८२, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु