काठमाडौं । काठमाडौंको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किँदा दुई युवाको ज्यान गएको छ।
शुक्रबार बिहान आकाशे पुल नजिकै सडकछेउमा पार्क गरिएको बा प्र ०१-००६ ख ४२४३ नम्बरको बसमा लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किँदा घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
मृत्यु हुनेमा स्कुटर चालक नवलपरासी सुनौल-१ का २२ वर्षीय शिरिस पौडेल र पछाडि सवार काभ्रे पाँचखाल-२ का २३ वर्षीय नितेश नेपाल रहेका छन्।
बस चालक दोलखा भिमेश्वर-७ का २५ वर्षीय सुभाष तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिल बोहराले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ भदौ २०८२, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
छाेराकाे कुटपिटबाट ६० वर्षीय बाबुकाे मृत्यु
झापा कारागारका एक कैदीको मृत्यु
सुर्खेतमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु