साफ यु–१७ च्याम्पियनसिप : आज नेपाल र बङ्गलादेश खेल्ने

सफल खबर संवाददाता

बुधबार, ११ भदौ २०८२, १० : २५
साफ यु–१७ च्याम्पियनसिप : आज नेपाल र बङ्गलादेश खेल्ने

काठमाडौं । १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

उपाधि रक्षाका लागि नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाब छ । यसअघिका तीन खेलमा नेपालले दुईमा हार र एक जित निकालेको थियो ।

पहिलो खेलमा भारतसँग हारेको नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो भने तेस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो ।

डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, भारत, बङ्गलादेश सहभागी छन् । नेपालले भदौ १३ गते भारत र भदौ १५ गते भुटानसँग खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस