ज्ञानेन्द्र शाही बोकेर राजेन्द्र लिङदेन किन पुगे भारत ?

सफल खबर संवाददाता

मंगलबार, १० भदौ २०८२, २१ : ५६
ज्ञानेन्द्र शाही बोकेर राजेन्द्र लिङदेन किन पुगे भारत ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन भारत पुगेका छन् । पार्टीभित्र धवलशम्शेर जवरा र विक्रम पाण्डेले राजनीतिक चुनौति दिईरहेका बेला अध्यक्ष लिङदेन पार्टी प्रवक्ता समेत रहेका सांसद ज्ञानेन्द्र शाही बोहेर भारत पुगेका हुन् ।

उनीहरु सोमबार भारत प्रस्थान गरेका हुन् । नेपाल एयरलाइन्सको आर ए २१७ नम्बरको जाहाजवाट सोमबार दिउँसो लिङदेन र शाही भारत प्रस्थान गरेका हुन् । उनीहरुले भारतमा रहँदा भारतको प्रताभ गार्डेन बैशालीनगर जयपुर राजस्थानमा नेपाली श्रमिकहरुलाई सम्वोधन गर्ने कार्यक्रम लिएर त्यहाँ पुगेको बताएका छन् । उक्त कार्यक्रम आज राखिएको छ । तर त्यक्तिमात्रै उदेश्यका लागि लिङदेन र शाही भारत नपुगेको राप्रपा स्रोतले बताएको छ ।

नेपालमा राजसस्था र हिन्दु राज्य पूर्नस्थापनाको माग लिएर सडक आन्दोलनमै रहेको राप्रपा चैत १५ को तिनकुने घटनापछि राजावादीहरुको समग्र आन्दोलन नै रक्षात्मक बनेपछि अप्ठ्यारो अवस्थामा छ । तिनुकनेको हिंसात्मक आन्दोनल र आफ्नै पार्टीभित्र धबल, विक्रम, प्रकाशचन्द्र लोहनी देखि नवराज सुवेदीसम्मको घेरावन्दीमा रहेका लिङदेनले भारतमा त्यहाँका केही हिन्दुबादी नेताहरुसँग भेटघाट गर्ने कार्यक्रमसहित त्यहाँ पुगेका हुन् ।

अहिले लिङदेनहरुमाथी त्यसवेला राजावादी आन्दोलनको नेता बनेका दुर्गा प्रसाईंहरुसम्मले पनि प्रश्न उठाईरहेका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहसमेत भदौं २० सम्मका लागि आफ्नै गृहजिल्ला झापा पुगेर वसिरहेका बेला लिङदेन र शाही भारत पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस