वडासचिवलाई तीन कार्यालयको जिम्मेवारी

पत्रपत्रिकाबाट

मंगलबार, १० भदौ २०८२, ०७ : ५५
वडासचिवलाई तीन कार्यालयको जिम्मेवारी

काठमाडौ । महोत्तरीको महोत्तरी गाउँपालिकामा छ वटा वडामा दुई जना मात्र वडासचिव छन् । एक जना वडासचिवले तीन वटासम्म वडा कार्यालयको जिम्मेवारी लिन बाध्य छन् । वडासचिवको अभावमा हप्ताको दुई दिन मात्र वडासचिवले वडा कार्यालयमा पुगेर सेवा दिँदै आएका छन् । 

डडेलधुराको अजयमेरु गाउँपालिकामा कुल छ वटा वडामा दुई जना मात्र वडासचिव छन् । बाँकी वडामा वडासचिव छैनन् । वडासचिव नभएका वडा कार्यालयमा कृषि, भेटेरिनरी, स्वास्थ्य सेवाका कर्मचारीलाई वडासचिवसहितको दोहोरो जिम्मेवारी प्रदान गरिएको छ ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा कुल नौ वटा वडामा तीन जना मात्र वडासचिव छन् । बाँकी वडा कार्यालयमा कृषि, स्वास्थ्य र इन्जिनियरिङलगायतका प्राविधिक कर्मचारीले वडासचिवको जिम्मेवारी समालेका छन् । 

यी प्रतिनिधि पात्र मात्र हुन् देशभरका कुल छ हजार ७४३ वडा कार्यालयमध्ये करिब दुई हजार वडा कार्यालयमा अहिले पनि पर्याप्त कर्मचारीको अभावमा सेवा प्रभावित भइरहेको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घले जनाएका छन् । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस