काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई पार्टी एकताबारेको निर्णय जानकारी गराएका छन्।
‘विप्लव’ निवास हरिसिद्धी पुगेका ‘प्रचण्ड’ले पार्टीको स्थायी कमिटी बैठकबाट एकताबारे गरेको निर्णय जानकारी गराएका हुन्।
माओवादीले ‘विप्लव’सँग एकता गर्ने र त्यसअघि कार्यदल बनाएर वार्ता गर्ने निर्णय हालैको स्थायी कमिटी बैठकले गरेको थियो। तर, विगतमा पनि एकता गर्ने भनिए पनि ‘प्रचण्ड’बाटै असफल भएको भन्दै नेकपाका नेताहरूले असन्तुष्टि जनाएका थिए।
आज ‘प्रचण्ड’ र ‘विप्लव’बीच पार्टी एकतालाई निष्कर्षमा पुर्याउने गरी सकारात्मक वार्ता भएको ‘प्रचण्ड’सचिवालयले जनाएको छ। ‘विप्लव’ले आफू पनि सकारात्मक रहेको भन्दै पार्टीबाट निर्णय गराउने बताएका जवाफ दिएका थिए। नेकपाको केन्द्रीय समिति बैठक भदौ २२ मा गते बस्दै छ।
यसबाहेक पछिल्ला विकसित राजनीतिक घटनाक्रम, समाजवादी मोर्चालाई प्रभावकारी ढंगले अघि बढाउनेबारे पनि छलफल भएको छ।
माओवादी, नेकपा एस, नेकपा र नेसपा सम्मिलित ४ दलीय मोर्चाको ‘विप्लव’ संयोजक पनि हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ भदौ २०८२, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’