हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई युवतीलाई पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोष्टका प्रहरीले ३ ग्राम १५० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित जितपुर–सिमरा उपमहानगरपालिका–२२ घर भई हाल हेटौंडा उपमहानगरपालिका–१०, बसपार्ककी २९ वर्षीया सम्झना थिङ र सिन्धुली दुधौली नगरपालिका–९ घर भई हेटौंडा उपमहानगरपालिका–१०, बसपार्ककी २३ वर्षीया सोनिका क्षेत्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको प्र ३–०३–००१ ह १०३ नम्बरको अटोमा सवार भई आएका सम्झना र सोनिकाको साथबाट प्रहरीले लागुऔषध बरामद गरेको जनाएको छ ।
यसैगरी उनीहरुको साथमा रहेको मोबाइल चार्जरभित्र लागुऔषध जस्तो देखिने सेतो गिलो पदार्थ २२ ग्राम २० मिलीग्राम बरामद भएको प्रहरीले जानकारी दिएको छ । सेतो पदार्थको परीक्षणको प्रयास भइरहेको प्रहरीको भनाइ छ ।
प्रहरीले सम्झना र सोनिकालाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ भदौ २०८२, ०९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइन किनबेच गरेको आरोपमा कलंकीबाट ४ जना पक्राउ