काठमाडौँ । विभिन्न कम्युनिस्ट घटकहरूले भदौ ३ गते चीन र भारत सरकारबिच लिपुलेक मार्ग भएर व्यापार सञ्चालन गर्ने सम्झौताको विरोध गरेका छन् ।
ऐतिहासिक तथ्य, अन्तर्राष्ट्रिय नक्साका आधारमा कालापानी र लिपुलेक नेपालको अभिन्न अंग भएको भन्दै सात कम्युनिस्ट घटकले भारतीय हस्तक्षेपको विरोध गरेका हुन् ।
‘ऐतिहासिक तथ्य अन्तर्राष्ट्रिय नक्साका आधारमा यो खुल्ला र स्पष्ट छ कि कालापानी र लिपुलेक नेपालका अविभाज्य अङ्गहरु हुन । तर त्यसमाथि भारतीय पक्षले निरन्तर हस्तक्षेप र अतिक्रमण जारी राखेको छ । त्यसप्रति हाम्रो तर्फबाट गहिरो असहमति र विरोध रहँदै आएको छ । यसैबीच चीन र भारतबिच त्यस किसिमको सहमति हुनु हाम्रो राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र अखण्डता माथिको रणनीतिक हस्तक्षेप, निषेध र चोटपूर्ण कदम हो’, ती घटकले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
त्यसप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट गर्दै उनीहरूले प्रधानमन्त्री केपि शर्मा ओलीको आसन्न चीन र भारत भ्रमण स्थगन गरी नेपालको स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको दृढ रक्षा गर्न र अतिक्रमित भूमि अविलम्ब फिर्ता गर्न कदम चाल्न विशेष खबरदारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ भदौ २०८२, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रान्तिकारी कम्युनिस्ट पार्टीको दोस्रो दिनको बन्दसत्र जारी