नेपाल पर्वतारोहण संघको अध्यक्षमा शेर्पा निर्वाचित

सफल खबर संवाददाता

आइतबार, ०८ भदौ २०८२, ०७ : ४८
नेपाल पर्वतारोहण संघको अध्यक्षमा शेर्पा निर्वाचित

काठमाडौ । नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा शेर्पाले प्रतिस्पर्धी कुलबहादुर गुरुङलाई पराजित गरेका हुन् । 

यसैगरी वरिष्ठ उपाध्यक्षमा शेर्पा समूहमा ईश्वर पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी र महासचिवमा राजेन्द्र लामा विजयी भएका छन् । यसैगरी सचिवमा चन्दन थापा विजयी भए । 

सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस